RukumOnline.com

वहुमुल्य जडीवुडी यार्सागुम्वा संकलन क्षेत्र रुकुमको मैकोट स्थित पुपाल ।

फोटोः रुकुमअनलाइन

यार्सा टिप्न गएपछि गाउँ सुनसान
रुकुम, जेठ ८ गते । रुकुमको उत्तरपूर्विका एक दर्जन बढी गाविसका बासिन्दा यार्सागुम्बा टिप्न हिमाली क्षेत्र पाटनतिर जाने क्रम शुरु भएपछि  गाउँ सुनसान हुन थालेको छ । जेठ दोस्रो साताबाट जिल्लाको मैकोट स्थित पुपाल, जंगला र अरबिदा पाटनमा यार्चागुम्बा टिप्नका खुल्ला गरिने भएपछि स्थानीय बासिन्दा पाटनतिर लागेका हुन । गोतामकोट, स्याला खदी, जाङ, हुकाम, रन्मामैकोट, तकसेरा, स्यालाखदी, महत, काक्रि, कोल लगायत दर्जनभन्दा बढी गाविसका बस्तीहरु खाली हुन थालेका छन् ्। तीन महिनाका लागि स्थानियहरु आफ्नो घरबास छाडेर बुकिपाटन जाने गर्दछन् ।तीन महिनाका लागि बस्दोबस्ती सामान लिएर स्थानीय बासिन्दा बुकिपाटनमा लाग्ने भएपछि अधिकांश गाविसका बालबालिकादेखि वृद्धवृद्धा समेत घरमा ताल्चा लगाएर यार्सागुम्वा टिप्न जाने गरेका छन् । दुई सातादेखि जाजरकोट, रुकुम, रोल्पा, सल्यान लगायत जिल्लाबाट बुकिपाटनमा जानेको भिड लागेको छ । दुई सातादेखि गाउँ गाउँबाट दैनिक ४ हजारभन्दा बढी स्थानियको समुह हिमाली क्षेत्रमा जाने गरेको गोतामकोटका लंकबहादुर मल्लले जानकारी दिनुभयो । यार्सागुम्वाको मौसम सुरुहुन लागेपछि रुकुमका पूर्वी गाविसका दुई दर्जनभन्दा बढी विद्यालय बन्द भइसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जेठ सुरु हुनेबित्तिकै कमाउनका लागि भन्दै पूर्वी गाविसका सबै विद्यार्थी यार्चा टिप्न जाने गरेकाले सातादेखि विद्यालय बन्द हुने क्रम पनि सुरु भएको छ ।।

सरसफाइ अभियानलाई महत्व दिन निर्देशन
जेठ ७ गते । रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माले सरसफाई अभियानलाई महत्व दिन गाउँ विकास समितिका सचिवहरुलाई निर्देशन दिनुभएको छ । जिल्लालाई सन् २०१५ सम्म पुर्ण रुपमा सरसफाईयुक्त जिल्ला वनाउन थालिएको अभियानलाई लक्ष्यमा पु¥याउन सचिवहरुको भुमिका महत्वपूर्ण हुने भन्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । आज खलंगामा भएको खानेपानी तथा सरसफाई सम्वन्धि गाविस सचिवहरुको अभिमुखीकरण गोष्ठीमा स्थानीय विकास अधिकारी शर्माले सरसफाईमा विनियोजन गरिएको रकम सदुपयोग गर्न समेत निर्देशन दिनुभयो । सरसफाइका गाउँ स्तरमा जनचेतनाको फैलाउनुपर्ने भन्दै उहाँले त्यसको लागी गाविसमा गठन भएका वडा नागरिक मंचलाई सक्रिय वनाउन आवश्यक रहेको वताउनुभयो । साथै शर्माले विभिन्न संघ संस्थाका सामाजिक परिचालकहरुले काम नगरे कार्वाही गरिने समेत वताउनुभयो । जिल्ला विकास समितिसंग सहकार्य गरी काम संचालन गरेका संघ संस्थाबाट खटिएका सामाजिक परिचालकले राम्रो काम गरे नगरेको वारेमा जानकारी दिन सचिवहरुलाई उहाँले आग्रह गर्नुभयो । उहाँले सरसफाई अभियान अन्तरगत जिल्लाका विभिन्न मुख्य ७ ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको समेत जानकारी दिनुभयो । जिल्लामा सरसफाई अभियानले तिव्रता पाइरहेकाले तोकिएको समयमा लक्ष्य पुरा हुनेमा आफु विश्वस्त रहेको शर्माको भनाइ छ । हाल जिल्लाका धेरै वडाहरु खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारीमा रहेको कार्यक्रममा जानकारी गराइएको छ । विभिन्न निकायको सहयोग र स्थानीय वासीको सक्रियतामा विभिन्न वडामा सरसफाइ अभियान जारी रहेको छ ।  अभिमुखीकरणमा सहभागि गाविस सचिवहरुले कुनै संघ संस्थाको सहयोग पाएमा गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सकिने वताएका छन् । जारी काममा कसैको सहयोग थपिए अभियानले पुर्णता पाउने उनीहरुको भनाई छ । कार्यक्रममा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख नारायण प्रसाद खनाल, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दाहाल र जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत तिलक गौतमले सहिजकरण गर्नुभएको थियो । २५ जना वढी गाविस सचिवहरुको सहभागिता अभिमुखीकरण कार्यक्रममा सरसफाइ अभियान सफल पार्न कुन गाविसमा के प्रयास भइरहेको छ, भन्ने विषयमा पनि छलफल भएको छ ।।

रुकुमको साँख गाउँमा रहेको साँख दह ।

निर्णायक ठाउँ नदिएको महिलाहरुको गुनासो
रुकुम, जेठ ७ गते । महिलाहरुलाई सहभागि नबनाएर राजनैतिक दलहरुले आफुखुसि निर्णय गर्ने गरेको एक कार्यक्रममा सहभागि महिलाहरुले गुणसो गरेका छन । रुकुमको सिम्लीमा भएको मानब अधिकार र लैगिक समानता तथा जातिय समाबेशिकरण बिषयक १ दिने अन्तरक्रिया कार्यक्रममा  सहभागि महिलाहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले निर्णायक स्थानमा महिलाहरुलाई ठाउँ दिनुपर्ने समेत माग गरेका छन् । कार्यक्रममा बोल्दै उप स्वास्थ्यचौकि सिल्लीका प्रतिनिधी मिना शर्माले कुनै कार्यक्रममा औपचारीकताका लागि मात्रै कहिलेकाँहि महिलाहरुलाइ सहभागि गराउने गरेको भएपनि निर्णय गर्ने ठाउँमा प्रतिनिधित्व नगराउने गरेको बताउनुभयो । तर कार्यक्रमै बोल्दै राजनैतिक दलका प्रतिनिधी नेकपा एमाले जिल्ला कमिटि सदस्य डबलसिङ बिकले निर्णय तहमा महिलाहरुलाई सहभागि गराउन चाहेपनि महिलाहरु आफै सहभागि नमान्ने प्रतिक्रिया राख्नुभयो । आईडिआईएफको साझेदारीमा ग्रामिन बिकासका लागि शिक्षा तथा संचार ईकोड रुकुम द्धारा संचालित समान सहभागिताका लागि सामाजिक शशत्तिकरण कार्यक्रम अन्तरगत गठित शशत्तिकरण युवा क्लबले कार्यक्रमको आयोजना गरेको हो । क्लबका अध्यक्ष गंगाराम ओलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आथितयता राप्ती ज्ञानोदय उमाबिका निमित्त प्राचार्य जिबलाल भट्टराईले गर्नुभएको थियो । रेडियो सिस्नेका साहयक स्टेशन मेनेजर मेनका परियारको संचालन रहेको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक नारायण कुमार शाहको गर्नुभएको बताईएको छ । कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि सरकारी एवम् गैरसरकारी संघसथाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सरोकारवाला नियकायहरुको उपस्थिती रहेको थियो ।।

आदीवासी जनजातीको बन्दले जनजीबन प्रभावित
काठमाण्डौं, जेठ ७ गते । ११ प्रदेशको निर्णय खारेज गर्न माग गर्दै आदिवासी जनजाती महासंघले आह्वान गरेको नेपाल बन्दले आज काठमाडौं उपत्यका सहित देशभरको जनजीबन प्रभावित भएको छ । बन्दले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा यातायात, बजार, कलकारखाना ठप्प भएका छन् । बन्दकर्ताले काठमाडौंको जोरपाटीमा कान्तिपुर पब्लिकेसनको गाडीमा तोडफोड समेत गरेका छन् । पत्रिका पु¥याएर फर्किंदै गरेको बा ९ च ५५३७ नम्बरको भ्यानमा ढुङ्गामुढा र लाठी प्रहार गरेर क्षति पु¥याएका छन् । कान्तिपुर पब्लिेकसनले प्रेसमाथि भएको आक्रमणको भ्रत्र्सना र विरोध गरेको छ । पहिचान सहितको संघियता माग गर्दै आदिवासी जनजाती महासंघले आह्वान गरेको बन्दमा बृहत मधेसी मोर्चाले पनि ऐक्यबद्धता जनाएको छ । यसैगरी संयुक्त थारु संघर्ष समितिले आह्वान गरेको बन्दको अबज्ञा गरेको भन्दै नवलपरासीको बासामा आज बिहान बन्दकर्ताले ८ वटा सवारी साधनमा आगजनी गरेका छन् । बिहान साढे चार बजे मोटरसाइकल, बस, भ्यान, कार, ट्रक र ट्याङ्की गरी ८ वटा सवारी साधनमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । संयुक्त थारु संघर्ष समितिका कार्यकर्ताहरुले नेपाल पत्रकार महासंघ नवलपरासीका केन्द्रीय पार्षद हरि शर्मा माथी पनि गएराती आक्रमण गरेका छन् । आक्रमणबाट हातमा चोट लागेका पत्रकार शर्माको पृथ्वी चन्द्रलाल अस्पताल परासीमा उपचार भईरहेको छ । स्वायत्त थरुहट राज्य माग गर्दै थारु सम्बद्ध विभिन्न संघ संगठन आबद्ध संयुक्त थारु संघर्ष समितिले तराईका जिल्ला बन्द गराउँदै आएको छ । यसैविच आदीवासी जनजाती महासंघले गरेको नेपाल वन्दको रुकुममा पनि प्रभाव परेको छ । जिल्लामा चल्ने तथा वाहिरीने कुनै पनि यातायातका साधनहरु चल्न सकेका छैनन् भने वजार पनि वन्द रहेको छ ।।

विमानस्थलमा शौचालयको अभाव
दाङ्ग जेठ ६ गते । दाङको टरिगाँउ बिमानस्थल परिसरमा शौचालय र प्रतिक्षालय नहुदा यात्रुहरुलाई समस्या भएको छ । गत पुस ६ गते देखि नियमति सञ्चालनमा आएको बिमान स्थलमा शौचालय नहुदा यात्रुहरुलाई दिसापिसाव गर्न समस्या भएको हो । बिमान स्थल सञ्चालन भएपनि शौचालय, प्रतिक्षालय, चमेना गृह जस्ता सेवा सुबिधाका भौतिक संरचनाको अभाब हुदा यात्रुहरुलाई समस्या भएको हो । दिसा पिसाव गर्न समस्या भएकाले सबै भन्दा पहिले शौचालय निर्माण गरिदिन यात्रुहरुले माग गरेका छन् ।यस्तै चर्को घाम र बर्षात बाट जोगिन प्रतिक्षालय र चमेना गृहको पनि निमार्ण  गरिदिन यात्रुलाई बिदाई गर्न र लिन बिमान स्थल पुगेकाहरुले माग गरेका छन् । यसैबिच यात्रुहरुका आफ्न्तहरुले विमानस्थल परिसरमै छलफल गरि हस्ताक्षर सहितको निबेदन नागरिक उड्यन तथा प्राधिकरण केन्द्रिय बिभागमा पठाईएको गैर सरकारी संस्था महासंघ नेपालका मध्यपश्चिम संयोजक नबराज लामिछानेले जानकारी दिनुभयो । यात्रुहरुका आफन्त एवं बिभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको भेलाले हस्ताक्षर संकलन गरी बिभागका नरहरी पुडासैनी मार्फत ध्यानाकार्षण सहितको निबदेन बिभागमा पठाईएकोे हो । यता बन्द र हडताल सगै हवाई यातायातमा यात्रुहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । दाङबाट ५ वटा कोटा मात्र छु्ट्याइए पनि हवाई टिकट लिन ४ सय बढि आउने गरेका छन् ।तुलसिपुर उद्योग बाणिज्य संघ लगाएत बिभिन्न क्षेत्रको पहलमा टरीगाउ विमानस्थलबाट केही महिना पहिले देखी पुन हवाई सेवा सुरु भएको हो ।।

सामुदायिक वनको सिमा विवाद उत्कर्षमा
शेरप्रसाद ढकाल

जेठ ६ गते । रुकुम विजयश्वरीका २ वटा सामुदायिक वनको विवाद उत्कर्ष पुगेको छ । वडा नंं १ को खहरे सामुदायिक वन र वडा नं. ८ को आरुखोला सामुदायिक वनविचको विवाद उत्कर्षमा पुगेको हो । खहरे सामुदायिक वन उपभोक्ता समुहले विवादीत क्षेत्रमा थप ४ वटा सल्लाका रुख काट्नुका साथै एक सय वढी विरुवामा क्षति पु¥याएपछि विवाद वढेको वताइएको छ । कुनै जानकारी विना नै खहरे सामुदायिक वन उपभोक्ता समुहले पटक पटक आफ्नो सिमा क्षेत्रमा प्रवेश गरी रुख काटेर लग्ने गरेको आरुखोला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पद्मवहादुर ओलीले वताउनुभयो । खहरे सामुदायिक वन उपभोक्ता समुहले भने आफ्नो सिमा क्षेत्रमा नै रुख काटेको दावी गरेको छ । सिमा विस्तारका लागी जताभावी रुख काट्न थालेपछि त्यसको रोकथाम र विवाद समाधान गर्न रेन्जपोष्ट तथा जिल्ला वन कार्यालयमा अनुरोध गर्दा समेत कुनै प्रकृया अघि नवढेको आरुखोला सामुदायिक वन उपभोक्ता समुहले गुनासो गरेको छ । यस विषयमा जिल्ला वन कार्यालयले भने यथार्थ वुझेर आवश्यक प्रकृया अघि वढाउन तथा विवाद समाधानका लागी पहल गर्न निर्देशन दिएको वताएको छ । दुई सामुदायिक वनको सिमा विवादका कारण ती सामुदायिक वनको नविकरण हुन सकेको छैन भने खोटो संकलनबाट पाउनुपर्ने रकम समेत नपाएको वताइएको छ ।।

गाडीको सिडीवाट खसेर वालक घाइते
जेठ ६ गते । रुकुमको चौरजहारीबाट सदरमुकाम खलंगातिर आउंदै गरेको गाडीबाट खसेर सिम्लीमा एक वालक घाइते भएका छन् । गाडीको पछिल्लो सिडिवाट खसेर सिम्ली ८ का १३ वर्षिय वालक शेरवहादुर ओली घाइते भएका हुन् । सिम्ली ९ हासिवाङ्गमा ना. ४ ख ४५६४ नम्बरको गाडीको सिडीवाट खसेर घाइते भएका वालकलाई उपचारको लागी जिल्ला अस्पताल सल्ले ल्याइएको स्थानीय लालवहादुर डाँगीले जानकारी दिनुभयो । गाडी रोकिएको अवस्थामा वालक पछिल्लो सिडिमा चढेको र गाडी चालक तथा सहचालकलाई वालक चढेको थाहा नभएको वताइएको छ । घटनाको जवाफदेही भने गाडी मालिक नै हुने सिस्ने हिमाल वस तथा मिनि वस व्यवसायी समितिका महासचिव तिलक वस्नेतले वताउनुभयो । समितिले केही समयअघि गाडीको छतमा यात्रु राखेर हिड्ने गाडीको छतबाट खसेर कुनै दुर्घटना भएमा त्यसको जिम्मेवारी स्वय्म गाडी मालिक नै हुने निर्णय गरेको थियो ।।

यार्सा टिप्न जाने क्रममा मृत्यू
वीरवहादुर मल्ल

जेष्ठ ६ गते । बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनको लागि जाने क्रममा रुकुममा एक जनाको मृत्यु भएको छ । घेत्मा गाविस वडानम्वर १ का अन्दाजी ५० बर्षिय नरवीर नेपालीको यार्सा संकलनको लागि छिमेकी जिल्ला डोल्पा जाँदै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । घेत्माकै ७ नम्वर वडाको सोटामा नरवीरको मृत्यु भएको बताईएको छ । भारी विसाएकै ठाउँमा नेपाली मृत अवस्थामा फेला परेका थिए । घटना हिजो भएको भएपनि मृत्यु कारण भने अझै केही नखुलेको बताईएको छ ।।